उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मा एकै परिवारका तीन जनाको हत्या भएको छ । राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार