जापान/टोकियो । जापानको कान्साई तथा क्युसु क्षेत्रमा बस्ने नेपालीहरुलाई काम लगाइदिने भन्दै विभिन्न व्यक्तिसंग मोटो रकम लिएर एक नेपाली सम्पर्कबिहिन भएका छन् ।

जापानमा रहेका विभिन्न कम्पनीहरुमा काम लगाइदिने भन्दै ५० हजार देखि २ लाख २५ हजार सम्म रकम लिएर ति नेपाली सम्पर्क बिहिन भएका हुन् ।

पिडितहरुले worklink नामक फेसबुक पेज बाट सम्पर्क भएको र पैसा लिन जापानी आउने गरेकाले ति नेपालीको बारेमा कुनै जानकारी नभएको बताएका छन् । अहिले उक्त फेसबुक पेज सर्च गर्दा भेटिदैन ।

केही पिडितहरुले भने सुनिल श्रेष्ठको नाममा रहेको बैङ्क खातामा रकम डिपोजिट गरेको पाइएको छ । करिब १० जना पिडितहरुले नेपाल न्यूज पोस्टलाइ उपलब्ध गराएको रसिदमा सुनिल श्रेष्ठको ४२१४३२८१ नम्बरको खाता र रिसोना बैंकको नागोया शाखाको खातामा रकम ट्रान्सफर गरेको देखिएको छ।

‘त्यो मान्छे संग फेसबुकमै कुरा भएर कामका लागि ५० हजार दिएकि हु’ पिडित मध्यकी अनिता चौलागाईले भनिन ‘पहिला ८० हजार भनेको थियो, पछि ५० हजार दिए, अहिले फेसबुक बाट ब्लक गरेको छ ।’ पिडित अधिकांस युवतीहरु छन् ।

पिडितहरुले उपलब्ध गराएका म्यासेजमा ति व्यक्तिले पैसा फिर्ता माग्दा प्रहरी र अध्यागमनमा उजुरी गर्ने धम्की दिएको देखिन्छ ।

‘तपाइँले आफ्नो लागि नि सोच्नु होला, हामीले आज प्रहरीको मा गएर सबै कुरा गरेर आएका छौ’ पिडित सलिना भट्टलाइ आएको संदेशमा भनिएको छ ‘तपाइको सबै अध्यागमनमा पनि भनिसकेका छौ, अब के के गर्नुहुन्छ गर्नुहोला हामीलाई केहि भन्नु छैन ।’

भट्टले ति व्यक्तिलाई ८० हजार बैंकमा ट्रान्सफर गरेको र ८५ हजार हातमा दिएको बताएकी छिन । उनका अनुसार पैसा रिसिभ गर्न एक जापानी नागरिक उपस्थित भएका थिए ।

फेसबुकमा प्राय नेपालीले कुरा गरे पनि पैसा लिनका लागि जापानीज उपस्थित हुने गरेको पिडितहरुको भनाइ छ । यस बिषयमा कसरी अगाडी बढ्ने भन्ने बिषयमा पिडितहरुबीच छलफल भैरहेको उनीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार