एजेन्सी । विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसीसी टी२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको नाटकीय जित निकालेको छ । १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नाटकीय जित निकाल्न सफल भयो ।
भारतको जितमा विराट कोहलीले ५४ बलमा ६ चौका र ४ छक्कासहित अविजित ८२ रनका योगदा नदिए । हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रन बनाए । भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाँहिएको थियो ।
अन्तिम ओभरको पहिलो बलमा हार्दिक पान्ड्या बाबर आजमबाट क्याच आउट भए । नवाजले दोस्रो बलमा दिनेश कार्तिकलाई एक रन दिए । कोहलीलाई तेस्रो बलमा दुई रन दिएपछि अन्तिम तीन बलमा १३ रन चाहिँएको थियो । कोहलीले चौथो बलमा छक्का प्रहार गरेपछि ७ रन आवश्यक परेको थियो । छक्काको बल नो भएपछि भारतले थप एक रन जोडिएपछि तीन बलमा ७ रन चाहिँएको थियो ।
लगत्तै अर्को बलमा वाइड फ्याँले । लगत्तै तीन रन वाइको रुपमा लिएपछि भारत जित नजिक पुगेको थियो । लगत्तै अर्को बलमा दिनेश कार्तिक स्टम्पिङ आउट भए । लगत्तै वाइड फ्याँलेपछि भारतलाई दुई रन चाहिँएको थियो । अन्तिम बलमा दुई रन चाहिँएको थियो । फेरि वाइड फ्याँले । आश्विनले एक रन लिँदै जित पक्का गराए ।
एक समय ३१–४ को दयनीय अवस्थामा पुगेको भारतलाई विराट कोेहली र हार्दिक पान्ड्याले ७८ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारी गर्दै जितको बाटो देखाएका थिए । ओपनर लोकेश राहुल चार रनमा बोल्ड भए ।
अर्का रोहित शर्मा पनि चार रनमै आउट भए । सूर्यकुमार यादवले १५ रन जोडे । अक्षर पटेल २ रनमा आउट भएपछि भारत ६.१ ओभरमा ३१–४ को दयनीय अवस्थामा पुगेको थियो । पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । नसिम शाहले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । मोहम्मद नवाजले एक विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका शान मकसुद ५२ रनमा अविजित रहे । इफ्तिखार अहमदले ५१ रन बनाए ।
खराब सुरुवात गरेपनि तेस्रो विकेटका लागि अहमद र मकसुदले ७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए । त्यसपछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान बाबर आजम गोल्डेन डक आउट भए । बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बलमै एलबीडब्लू आउट गरे । अर्शदीप सिंहले नै चौथो ओभरको अन्तिम बलमा मोहम्मद रिजवानलाई ४ रनमा पभेलियनको बाटो देखाएपछि पाकिस्तान समस्यामा परेको थियो ।
१४औं ओभरमा हार्दिक पान्ड्याले शादब खान ५ र हैदर अली २ रनलाई आउट गरे । इफ्तिखार अहमद आउट हुनुअघि पाकिस्तान १२.२ ओभरमा ९१–२ को स्थितिमा पुगेको थियो । आसिफ अली २ रनमा आउट भए । शाहिन शाह अफ्रिदी ८ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । हरिस रौफ ६ रनमा अविजित रहे ।
युवा बलर अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । भुवनेश्वर कुमारले एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




