टोकियो/जापान।कच्चा पदार्थको बढ्दो मूल्य र येनको अवमूल्यनका कारण यस महिना पनि दुग्ध उत्पादन र घरेलु खानेकुराको मूल्य वृद्धि कायन रहने भएको छ । यसले घरायसी आर्थिक बोझ यो महिना थप बढ्ने विश्लेषकहरुको आँकलन रहेको छ ।

दुग्धजन्य पदार्थमा उत्पादक एवं उत्पादक समूहले दाना र उर्जाको मूल्य बढेपछि गाईको दूधको कारोबार मूल्य बढाउने भएका छन् । यो संगै दुग्ध उत्पादनहरुको समग्र मूल्य बढ्नेछ । मूल्य वृद्धि भएका उत्पादनहरूका लागि मूल्य वृद्धिको दायरा ढुवानी मूल्य र कच्चा पदार्थको खुद्रा मूल्यलाई समायोजन गरि निर्धारण गरिएको हो ।

यस अनुसार मेइजीमा २ देखि ७.५ प्रतिशत,मोरिनागा मिल्क ३.६ देखि १०.२ प्रतिशत र स्नो ब्रान्ड मेगमिल्क ४ देखि १२.५ प्रतिशतसम्मको महंगो बनेका छन् । यसका अलवा अन्य उत्पादकहरुले क्रमिकरुपमा एकपछि अर्को गरि मुल्य बढाउँदै जाने तयारी गरेका छन् ।

जापानमा यो वर्षको सुरुवातदेखि उकालो लागेको मूल्यवृद्धि यो महिना पनि नघट्ने भएको हो । अर्को वर्षको जनवारीदेखि भने सरकारले विद्युत,ग्यास तथा पोट्रोलियम पदार्थहरुमा अनुदान दिने भएकाले केहि कम हुने सम्भावना छ ।

यस्तै जानकारी अनुसार ईबारा फुड ईन्डस्ट्रीले याकि निकुमा प्रयोग हुने तारे लगायत २९ वस्तुहरूको दैनिक डेलिभरीबाट खुद्रा सन्दर्भ मूल्य लगभग ७% देखि ३८% सम्म बढाउनेछ। यसका साथै अन्य सबै प्रकारका मसला तथा मसला जन्य उत्पादनहरुको सोहि अनुपातमा मूल्य बढ्ने भएको छ ।

यसका अलवा,पेय पदार्थहरूको पनि मुल्य बढ्नेछ भने, रेस्टुरेन्ट चेनहरू पनि कच्चा पदार्थको मूल्यमा भएको वृद्धिमा येनको अवमूल्यनको प्रभावका कारण यो वर्ष दोस्रो पटक मूल्य बढाउन लागिपरेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार