टोकियो/जापान। जापानमा टेलिफोन तथा अनलाईनबाट हुने ठगीका घटनाहरु कम गराउन जापानभर रहेका कन्विनिएंस स्टोरहरुले महत्वपूर्ण भूमिका खेलेको एक रिपोर्टले देखाएको छ। जापानमा खासगरी वृद्ध/वृद्धाहरु लक्षित गरी टोलिफोन तथा ईमेल मार्फत विभिन्न अनलाईन पे कार्डहरु किन्न लगाएर ठगि गर्ने घटनाहरु अत्यन्तै धेरै हुने गरेका छन् ।

त्यस्ता अनलाईन पेकार्डहरु किन्नका लागि कन्विनिएंस स्टोरहरुमा जाने हुँदा अलि शंका लागेका वृद्ध/वृद्धाहरुले किन्ने समयमा पसलका कर्मचारीहरुले, त्यस्ता कार्डहरु के का लागि किन्न लागेको ? कसलाई पठाउने ? लगायतका जानकारीहरु सोधी ठगि पनि हुनसक्छ है भनि जानकारी गराउने गरेकाले त्यस्ता ठगिका सयौँ घटनाहरु कम भएको जापान प्रहरीले बताएको छ ।

ठगीका घटनाहरु बढेपछि जापान प्रहरीले कन्विनिएंस स्टोरहरुसंग यस किसिमको सहकार्य गरी अपराध न्युनिकरण गर्न सफल भएको हो । कुनैपनि कन्विनिएंस स्टेरहरुले त्यस्ता घटनामा पर्ने जोखिम भएका ग्राहकहरु भेटे तुरुन्त प्रहरीलाई खबर गरी सहजीकरण गर्ने अभ्यास सुरु गरिएकोछ।

यस कामले पछिल्लो केहि वर्षयता हज्जारौँ ठगिका घटनाहरु कमी भएका छन् । यस्ता ठगीहरु रोक्न मद्दत गर्ने कन्विनिएंस स्टोर तथा त्यस्ता ठगी रोक्न मद्दत गर्ने कर्मचारीहरुलाई प्रहरीले विशेष प्रशंसा पत्र प्रदान गरी प्रोत्साहन गर्ने गरेको छ। यो क्रममा जापानका कन्विनिएंस स्टोरहरुमा कार्यरत झण्डै एक दर्जन जति नेपालीहरु पनि सम्मानित भईसकेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार