काठमाडौं । हनी ट्रयापको आरोपमा जेल परेपछि जाहेरवालाविरुद्ध नै वैवाहिक बलात्कारको जाहेरी दिने महिलाको सोच ‘आफ्टर थट’ रहेको भन्दै भक्तपुर जिल्ला अदालतले आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले प्रतिवादीलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएर फरार रहेकी एक महिलाविरुद्धमा उनका पतिले जिल्ला प्रहरी परिसरमा आपराधिक लाभ र ठगीको जाहेरी दिएका थिए
सोही जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले हनी ट्रयापमा संलग्न रहेको आरोपित सिन्धुपाल्चोक घर भएकी तामाङ थरकी महिलालाई पक्राउ गरी आपराधिक लाभ र आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलाएको थियो । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा आरोपित महिला कसुरदार देखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध महिला पुनरावेदनको निवेदन लिएर पाटन उच्च अदालत पुगेकी थिइन् । पाटन उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि महिलाले कागजी पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । जतिबेला उनले वैवाहिक बलात्कारको जाहेरी दिइन्, त्यतिबेला महिला जेल पुगेको ५ महिना भइसकेको थियो ।
आफू कुनैपनि हालतमा थुनामुक्त हुन नसक्ने अवस्था देखेपछि महिलाले आफ्ना कागजी पतिविरुद्ध नै वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । गत असोज १८ गते पतिविरुद्ध जाहेरी परेपछि प्रहरीले असोज २७ गते हनी ट्रयापबाट पीडित पुरुषलाई नै पक्राउ गरी मुद्दा चलाएको थियो ।
आइतबार भक्तपुर जिल्ला अदालतमा दर्ता भएको वैवाहिक बलात्कारको मुद्दामा बयान सकिएपछि वादीका तर्फबाट बहस भएको थियो । प्रतिवादीका तर्फबाट आइतबार नै बहस नसकिएपछि सोमबार हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा न्यायाधीश उमानाथ गौतमको इजलासले पछि मुद्दाको अन्तिम किनारा लाग्दा कानुन बमोजिम हुने नै गरी हाललाई धरौटीमा छाड्ने आदेश दिएका हुन् ।
प्रतिवादीका तर्फबाट उपस्थित वकिलहरूले महिलाले आफू जेल परेको रिस साँध्नका लागि वैवाहिक बलात्कारको उजुरी दिएको भन्दै त्यसलाई ‘आफ्टर थट मलिस’ भनी जिकिर गरेका थिए । सोही आधारमा भक्तपुर जिल्ला अदालतले महिलाको जाहेरीलाई आफ्टर थट मलिस भन्दै प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
कानुनमा ‘आफ्टर थट’ वा ‘आफ्टर थट मलिस’ भन्नाले जाहेरी वा मुद्दा परेपछि त्यही मुद्दाको प्रतिवादी वा वादीले पीडित भनिएको पक्षलाई फसाउनका लागि आफू अनुकूल हुने गरी बनावटी घटना तयार पारी जाहेरी दिने कार्य हो । आफू फसेपछि अर्को व्यक्तिलाई ‘किन त्यतिकै छाड्ने’ भन्दै जाहेरवाला वा पीडितलाई नै ‘पीडक’ भन्दै आरोपित गर्ने काम गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




