काठमाडौं । आगामी मंसिर २३ गतेदेखि प्रदर्शन हुने सामाजिक महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ ।राजधानीमा दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको विषयलाई प्रस्तुत गरिएको देखिन्छ ।

कमल एक्चै मगरद्वारा निर्देशित यो फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ । टीजरमा फिल्मका सबै प्रमुख कलाकार समेटिएका छन् ।

निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

 

https://www.youtube.com/watch?v=r_7fNc_bKEk


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार