टोकियो । उच्च शिक्षा अध्ययनका लागि जापान आएको २ महिनामै असामयिक निधन भएका नुवाकोटका प्रवीन नेपालको जापानमै अन्त्येष्टि गरिने भएको छ । नुवाकोट बेलकोट गढि घर भएका प्रवीन करिव २ महिना अघि मात्रै जापान आएका थिए ।
१८ वर्षका नेपाल गत शुक्रबार आफ्नै होस्टलमा मृत अवस्थामा भेटिएका थिए । टोकियो स्थित सुमिदा कुमा आफु बस्दै आएको कोठामा मृत भेटिएका नेपालको पोस्टमार्टम लगायतका आवश्यक प्रकृयाहरु पुरा भईसको छ ।
सुरुवातमा परिवारले शव नेपालमै अन्त्येष्टि गर्ने मनशाय राखेको भएतापनि पछि एनआरएनए जापान तथा नुवाकोट समाजलाई जापानमै अन्त्येष्टिको प्रकृया अघि बढाउन औपचारिकरुपमा मञ्जुरी पत्र पठाईएकाले जापानमा अन्त्येस्टि गर्न लागिएको बताईएको छ।
नेपाल स्थित परिवारसँग सल्लाह गरेर घटनाको बारेमा अनुसन्धान सहित शव व्यवस्थापन र अन्तिम दाहसंस्कारका सन्दर्भमा परिवार, नुवाकोट समाज जापान र एनआरएनए जापानबीच कुराकानी गरि जापानमैं दाहसंस्कार गर्ने तय भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले बताए ।
मृतकको बाबु आमा अर्धचेत अवस्थामा रहेकोले ठुलो बुवाले लिखित पत्र पठाउनु भएको छ । मृतक नेपालको जापानमा कोहि नभएकोले सबै जिम्मा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदीलाई दिएको छ ।
मृतक नेपालको यहि नोभेम्बर १८ तारिख शुक्रबार टोकियोको खाचुसिखा वार्डस्थित एक अन्येष्टि गृहमा अन्तिम बिदाई गरिने भएको छ । मृतकको शव व्यवस्थापन लगायतका खर्च जुटाउन नुवाकोट समाज जापानले, संस्थाको खातामा फुरिकोमी गरिदिनुहुन अनुरोध पनि गरेको छ ।
जेपि अकाउन्ट १०१४०-५८२२००५१ ヌワコトサマズ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




