टोकियो/जापान। जापानको गुन्मा प्रिफेक्चरमा बस्ने ४२ वर्षिया नेपाली युवतीको हत्यामा संलग्न भएको आशंकामा गुन्मा प्रहरीले बिहिबार (१७ तारिख)एक ३७ वर्षिया नेपाली युवालाई पक्राउ गरेको छ।

खबरमा उल्लेख भए अनुसार गुन्मा प्रिफेक्चरको इसेसाकी सहरकै एक कम्पनीमा कार्यरत रहेका नेपाली नागरिक ३७ वर्षिया विश्वराज आचार्यलाई हिजो राति इसाकी सहरबाटनै पक्राउ गरिएको हो ।

ति व्यक्तिलाई यहि १६ नोभेम्बर राती जापानको गुन्मा प्रिफेक्चरको ईसेशाकी सहरमा बस्ने ४२ वर्षिया लक्ष्मी कुमारी बस्नेत अधिकारीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आशंकामा अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

ति व्यक्ति मृतकको चिनजानका व्यक्ति भएको र हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा पक्राउ गरिएको हो । यद्यपी उनले प्रहरीसंगको बयान आफुले उक्त हत्याको घटना नघटाएको बताएको उल्लेख गरिएको छ ।

रगताम्य अवस्थामा अस्पत्ताल पुर्याईएको लक्ष्मीको १६ तारिखमा नै अस्पत्तालमा मृत्यु भएको थियो । श्रीमानसंगै बस्दै आएकी उनलाई अन्य कुनै तेस्रो व्यक्तिले के कति कारण हत्या गर्यो भन्नेबारे भने अझै अनुसन्धानकै क्रममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार