काठमाडौं । एक मात्रै प्रतिनिधिसभा रहेको लमजुङमा हालसम्म २३ हजार ८७० मतगणना भएको छ । यहाँ एमाले उमेदवार तथा सह महासचिव पृथ्वीसुब्बा गुरुङ अगाडि छन् । उनले ११ हजार ६१७ मत पाएर अग्रता कायम गरिरहेका छन् ।

गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङ ९ हजार ७९७ मतसहित दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले १२१० मत प्राप्त गरेका छन् ।

मंगोलका विकास गुरुङले २३५, राप्रपाका बालचन्द्र श्रेष्ठले २५४, जसपाका नरेन्द्रबहादुर गुरुङ ४१, आमूलका नन्दजंग गुरुङले १४, विपीका लक्ष्मीकान्त पौडेलले ८,
नेमकिपाका राजेन्द्रप्रसाद प्रजापतिले ६, राप्रपा नेपालका टकबहादुर गुरुङले ४ र स्वतन्त्रका चन्दन बस्याल ६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार