काठमाडौं  काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। उनी निर्वाचित भएसँगै घन्टी चिह्न पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ।

उनी १० हजार १ सय ५ मतले विजयी भएका हुन्। विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए। उनका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन्।

नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन्। उनी यसअघि २०७४ काे निर्वाचनमा वाम गठबन्धनबाट निर्वाचित भएका थिए । तर यसपटक उनी तेस्राेमा खुम्चिन पुगे ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार