काठमाडौं । काठमाडौं-६  काे प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी भएका छन्। खनालले १४ हजार २०४ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए भने नेपाली कांग्रेसका भीमसेन दास प्रधान ८ हजार ८०५ मतसहित तेस्रो भए। सांसदमा विजयी शिशिर टिच फर नेपालका संस्थापक हुन्। उनीसँग पराजित भएका सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् भने प्रधान पूर्व रक्षामन्त्री हुन्। उनी यस क्षेत्रका निवर्तमान सा‌सद हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार