सुनसरी । ‘जसपाका अशोक राईभन्दा कसोकसो लाग्छ मलाई, यति वर्ष संगत गरियो । उहाँ माननीय, मन्त्री, उपाध्यक्ष सबै एमालेमा हुँदा हुनुहुन्थ्यो । अहिले एमालेमा हुनुहुन्न । तर, एमाले नहुँदा पनि एमालेको संगत गर्दा पनि जितिन्छ भन्ने पुष्टि गर्नु छ हामीले,’ जसपा नेता अशोक राईलाई धरानमा मत माग्दै एमाले अध्यक्ष केपी ओलीले गरेको ठट्यौली र गुनासो हो यो । गत कात्तिक २५ गते धरानको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ठट्यौली पारामा मत मागेका थिए ।
उपाध्यक्षसम्म भइसकेकाे नेता पार्टी छोडेर गएको विषयमा व्यङ्ग्य गर्दै ओलीले एमालेका कार्यकर्ताहरूलाई ‘दिलोज्यान’ दिएर राईलाई जिताउन निर्देशनसमेत दिए । साताैँ महाधिवेशन (जनकपुर) मा सर्वाधिक मतले केन्द्रीय सदस्य र आठाैँ महाधिवेशबाट उपाध्यक्ष निर्वाचित राईले पार्टी छोडेको विषयमा ओलीले सार्वजनिक रूपमा गुनासो गरेका थिए ।
पार्टी छाडे पनि जसपासँगको तालमेलमा एमाले कार्यकर्ताहरू सक्रिय रूपमा चुनाव जिताउन लाग्नुपर्ने बताउँदै ओलीले सारमा भनेका थिए, ‘कम्तीमा एमालेको संगतसम्म गर्यो भने चुनाव जितिन्छ भन्ने पुष्टि गर्नुपर्छ ।’ ओलीले भनेको यो भनाइले सुनसरी १ मा सार्थक भएको छ । २८ वर्षको बीचमा ३ वटा प्रत्यक्ष निर्वाचनमा पराजय भोगेका अशोक राई एमालेको सहयोगमा सांसद बनेका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) लाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।
राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले सात हजार ८८४ पाए । एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले ७ हजार ८१२ मत ल्याए । उनी ०४८ मा खोटाङ ३ र २०५१ मा खोटाङ २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
एमाले छोडेपछि एमालेकै सहयोगमा सांसद
‘रातो लालटिन’ बोकेर पूर्वी नेपालको पहाडी क्षेत्रमा एमालेको संगठन गरेका व्यक्ति थिए अशोक राई । एमालेबाट २०४८ कै निर्वाचनमा धरानबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्न खोजेका थिए उनी । तर, तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी सुनसरी १ अर्थात् धरान क्षेत्रबाट उठ्ने भएपछि अशोक खोटाङ उक्लिएका थिए ।
धरान छोडेर अशोक राई खोटाङ क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न गए । जन्मस्थान र आफैँले संगठनसमेत गरेको खोटाङबाट अशोकले त्यति बेला चुनाव जिते । २०४८ मा खोटाङ ३ बाट निर्वाचित राई २०५१ को मध्यावधिमा भने खोटाङ २ बाट निर्वाचित भएका थिए ।
२०५४ मा एमाले विभाजन भएपछि राई मालेतर्फ गए । एमाले छोडेर निस्किएपछि अशोकले कुनै पनि प्रत्यक्ष निर्वाचन जित्न सकेनन् । २०५६ को चुनावमा राईले मालेबाट उदयपुरमा उम्मेदवारी दिएका थिए । तर, जित निकालेनन् । २०५८ मा पुनः मालेमा गएकाहरू एमालेमा फर्किएका थिए । त्यसपछि पुनः अशोक एमालेका भए । २०५६ पछि २०६४ चैत २८ मा पहिलो संविधानसभा सदस्यको निर्वाचन भयो । त्यतिबेला अशोक उदयपुरबाट पुनः निर्वाचन उठे तर हारे ।
उक्त निर्वाचनमा अशोकले तेस्रो स्थानमा थन्किनुपरेको थियो । नारायण खड्का १४ हजार ४६८ मत ल्याएर निर्वाचित हुँदा माओवादीका गोपाल किराँतीले १३ हजार २३६ मत पाएर उपविजेता भएका थिए । राई ९ हजार ८१० मत पाएर तेस्रो बनेका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा भने अशोक फेरि एमालेमा रहेनन् । २०६९ मा एमाले छोडेर सङ्घीय समाजवादी नेपाल पार्टी बनाए । ६८ जिल्लामा उम्मेदवार उठाए । तर, राई आफैँ भने प्रत्यक्ष चुनाव लडेनन् । पहिलो संविधानसभा निर्वाचनको बेला तेस्रो भएका अशोक दोस्रो संविधानसभासम्म आइपुग्दा भने समानुपातिकमा बसे । र, संविधानसभामा छिरे ।
२०७४ अर्थात् अघिल्लो निर्वाचनमा सुनसरी १ बाट प्रत्यक्ष उठेका अशोकलाई एमाले उम्मेदवारले पराजित गरेका थिए । तत्कालीन पार्टी सङ्घीय समाजवादी फोरमसँग सुनसरीमा तालमेल गरेको कांग्रेसले २०७४ को निर्वाचनमा अशोकलाई सघाएको थियो ।
तर, वाम गठबन्धनले अशोकलाई टिक्न दिएन । वाम गठबन्धनबाट उठेका एमालेका जयकुमार राईले अशोकलाई ठूलो मतान्तरले पराजित गरे । जयले ४४ हजार ५ सय २८ मत ल्याउँदा अशोकले २२ हजार १ सय २३ मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




