टोकियो/जापान। फुटबल विशिवकप कतार प्रतियोगितामा अपत्यारिलो क्षमता प्रदर्शन गर्दै आएको जापानको राष्ट्रिय टोलीले फाइनलको पहिलो चरणमा जापानको समय अनुसार आज मध्ये रात १२ बजे अघिल्लो खेलको उपविजेता क्रोएशिया संग प्रतिष्पर्धा गर्नेछ ।

जापान यसरटक आफ्नो इतिहासमा पहिलो पटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्य सहति मैदानमा उत्रिनेछ । जापानको राष्ट्रिय फुटबल टोलीले विश्वकप कतार प्रतियोगिताको पहिलो राउण्डको समूह ई मा पहिलो स्थान हासिल गरेको छ ।

रसियामा भएको अघिल्लो प्रतियोगितामा दोस्रो स्थानमा रहेको क्रोएसियासँग स्थानीय समय अनुसार आज(५ तारिख)नकआउट चरणको पहिलो चरणमा खेल्नेछ। क्रोएसिया विश्व वरियतामा १२ औँ स्थानमा छ भने जापानको २४ औं स्थानमा रहेको छ ।

जापान भन्दा क्रोएसिया निकै बलियो टोली हो । यद्यपी जापान आज विश्वका फुटबलमा नयाँ ईतिहास रच्न आतुर छ । क्रोएसियाको खेल स्थानीय समय अनुसार ५ गते बेलुका ६ बजे र जापानको समय अनुसार ५ तारिख मध्यरात (६ तारिख बिहान १२ बजे) बाट सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार