एजेन्सी । नेदरल्यान्ड्समाथि नाटकीय जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ४–३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो । एक समय अर्जेन्टिना २–० को आरामदायी अग्रतामा रहेपनि नेदरल्यान्ड्सले नाटकीय पुनरागमन गर्दा खेल खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
अर्जेन्टिनका कप्तान लियोनेल मेस्सी, लिआन्द्रो पारेडेस, गोन्जालो मोन्टिएल र लौटारो मार्टिनेजले गोल गर्दा एन्जो फर्नान्डेजले गोल गर्न सकेनन् । नेदरल्यान्ड्सका तिउन कुपमेनर्स, वुट वेघर्स्ट र लुक डे जोङले गोल गर्दा भर्जील भान डाइक र स्टिभन बर्घिअसले पनि गोल गर्न सकेनन् ।
त्यसअघि मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिदा मेस्सी चुकेनन् ।
८३औं मिनेटमा वुट वेघर्स्टले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




