एजेन्सी । पोर्चुगलाई १–० ले स्तब्ध पार्दै अफ्रिकी राष्ट्र मोरक्को इतिहास रच्दै पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा पोर्चुगललाई स्तब्ध पार्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफका लिएको अग्रता जोगाउँदै मोरक्कोले महत्वपूर्ण जित निकाल्दै मोरक्कोको इतिहासमा पहिलोपटक अन्तिम चारमा पुग्न सफल भएको हो । मोरक्कोको ऐतिहासिक सेमिफाइन्ल यात्रामा पहिलो हाफमा युसुफ एन नेसरीले गरेको गोल नै निर्णायक बन्यो । उनले ४२औं मिनेटमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेको पोर्चुगलले लगातार दवाव बढाएपनि गोल गनए सकेनन् । बरु काउन्टर अट्याकमा समस्या झेलिरहेको थियो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक यासिन बोनो बिट भएपनि क्रसबारमा लागेर फर्कदा पोचुएगल अग्रता लिनबाट चुक्यो ।
८३औं मिनेटमा रोनाल्डोको पासमा जोआओ फेलिक्सले प्रहार गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काएपनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे ।
इन्ज्युरी समयमा मोरक्को १० खेलाडीमा समेटिन पुग्यो । वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए । तर त्यसको फाइदा पोर्चुगलले उठाउन सकेन ।
मोरक्को सन् १९८६ को विश्वकपमा प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । कतारमा भने मोरक्कोले जादुयी प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




