काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै ‘गोप्य सल्लाह’मा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ ।
निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब दल नयाँ सरकार गठनमा जुटेका छन् । सोहीअनुसार कांगे्रसकै नेतृत्वमा कम्युनिस्ट इतर सरकार बनाउनेगरी आन्तरिक छलफल थालिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा उठाउने गरेको भन्दै कांगे्रस वृत्तमा भने आलोपालो प्रधानमन्त्रीको च्याप्टर क्लोज गर्नुपर्ने माग उठेको छ ।
कांग्रेसका बहुसंख्यक नेता तथा सांसदले प्रधानमन्त्रीमा आलोपालो विषयमा अरुचि राख्न थालेको पाइएको छ । उनीहरूमध्ये अधिकांशले प्रधानमन्त्री देउवालाई भेटेर पाँच वर्षकै लागि प्रधानमन्त्री कांगे्रसकै हुनुपर्ने र आलोपालो गर्ने विषय आपूmहरूका लागि अस्वीकार्य हुने सुझाव दिँदै आएका छन् ।
विशेषगरी कांगे्रसले माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा त्यसले सिंगो पार्टी पंक्तिलाई गम्भीर क्षति पु¥याइरहने हुँदा आमकांगे्रस कार्यकर्ताको चाहनाअनुसार माओवादीकेन्द्रसँगको सहकार्य टुटाएर कम्युनिस्टइतर शक्तिसँगको सहकार्यमा सरकार बनाउने आन्तरिक तयारी गरिएको कांग्रेस निकट उच्च स्रोतले जानकारी दिएको छ ।
कांग्रेस निकट स्रोतका अनुसार पछिल्ला दिनमा माओवादी अध्यक्ष प्रचण्डले आफै प्रधानमन्त्री बन्न सक्ने भन्दै अभिव्यक्ति दिँदै हिंड्न थालेपछि निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको कांगे्रसका नेता प्रचण्डसँग चिढिन थालेको बताइन्छ ।
प्रचण्डले बुधबार पोखरामा आयोजित एक कार्यक्रममा आँफु प्रधानमन्त्री बन्न सक्ने अभिव्यक्ति दिएका थिए । निर्वाचनमा प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट गरी कांगे्रसले ८९ सिट ल्याएको छ भने माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट गरी ३२ सिट ल्याएको छ ।
कांग्रेसका अधिकांश नेता तथा सांसद ८९ सिट ल्याएको कांगे्रसले ३२ सिट ल्याएको माओवादी केन्द्रलाई कुनै पनि हालतमा प्रधानमन्त्री पद दिन नहुने निष्कर्षमा पुगेको बताइन्छ ।
स्रोतका अनुसार कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, अर्जुननर सिंह केसीलगायतका नेता हालको गठबन्धन पुर्नविचार गरी कांगे्रसलाई नयाँ रूपमा अघि बढाउनुपर्ने पक्षमा देखिएका छन् ।
उनीहरूले सभापति देउवालाई कांग्रेसबाहेक अन्य कसैको नेतृत्वमा पनि सरकार बन्न नहुने र अन्यको नेतृत्व आँफुहरूलाई स्वीकार्य नहुने बताउँदै आइरहेका छन् । देउवाले पनि कांगे्रसले सरकारको नेतृत्व छोड्न नसक्ने त्यसका लागि आवश्यक परे कम्युनिस्टइतर सरकार बनाउन सकिने भन्दै आफ्ना निकटस्थसँग परामर्श थालेका छन् ।
स्रोतका अनुसार नेपाली राजनीतिमा चलखेल गर्ने केही विदेशी शक्तिले पनि कांग्रेसको नेतृत्वलाई कम्युनिस्टइतर शक्तिको संलग्नतामा सरकार बनाउन सुझाव दिएको बताइन्छ ।
स्रोतका अनुसार कांगे्रसले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा र केही स्वतन्त्र सांसदलाई समेट्दा स्पष्ट बहुमत आउन सक्ने विश्लेषण गरेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ सहित १ सय ४५ सिट पुग्छ । त्यसमा स्वतन्त्रबाट जितेका अमरेशकुमार सिंहलगायत अन्य दुई जनालाई समेत समेट्दा १ सय ४८ सिट पुग्ने कांग्रेसको विश्लेषण छ । आजकाे राजधानी दैनिकमा समाचार छ ।
कम्युनिस्टइतर शक्तिको अंकगणित
कांग्रेस : ८९
राष्ट्रिय स्वतन्त्र पार्टी : २०
राप्रपा : १४
जसपा :१२
जनमत पार्टी : ६
लोसपा : ४
स्वतन्त्र :अमरेशसहित कम्तीमा ३
जम्मा : १४८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




