काठमाड । ७ वर्षको उमेरमा लाइभ लोकदोहोरी गाएर चर्चा कमाएकी गायिका कमला घिमिरेको पछिल्लो लाइभ लोकदोहोरी ‘छहारी बजारमा’ विवादमा परेको छ । घिमिरेले गायक सुमन परियारसँग लाइभ दोहोरीको रुपमा गाएको उक्त गीतमा पछिल्लो समयका चर्चित दुई ठूला स्क्यान्डल मसलाको रुपमा प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ ।
छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक संचालमा भाइरल भइरहेका छन् । कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन्, भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् । कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिस्कारको माग गरेका छन् ।
समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको भन्दै गीतको आलोचना समेत भइरहेको छ । केहीले गायिका घिमिरेलाई समीक्षाले भोगेको जस्तो पिडा तिमिलाई नपरोस् भन्दै घिमिरेको आलोचना गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै गायिका जमुनले गीतका विषयमा गायिका कमलाको आलोचना गरेकी छन् । उनले लेखेकी छन् ‘कमला बहिनी कति छिटो ठुली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।’
अर्का लोक कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन् । पल शाह त्यति माथि पुगेको मान्छेले कानुन नबुझ्नु पलको कमजोरी हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा ।’
ढकालले यस विषयमा कानुनी उपचार खोज्न समीक्षालाई समेत सुझाएका छन् । स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् भनेर भनेका छन् ।’
लोक दोहोरी गायक रविन लामिछानेले दोहोरी मजाक नभएर हाम्रो संस्कृति भएको भन्दै गीततर्फ ब्याङ्ग्य गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले किटान गरेर नभने पनि स्टाटस् लेखेका छन्, ‘अमर श्रष्टा कल्याण शेरचन दाइ भन्नुहुन्थ्यो – संगीत भनेको संगत हो । संगत भएन भने पनि संगीत वितरा पर्न सक्छ ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




