काठमाडौं । नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओली निवास बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

बैठकले प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति गरेकाे छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

चार पार्टीको बैठक अघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पनि सत्ता सहकार्य गर्ने समझदारी भएको थियो। आफैँ प्रधानमन्त्री हुने गृहकार्यमा लागेका प्रचण्ड बालुवाटारको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि ओली निवास बालकोट पुगेका थिए।

बैठक सहमति जुटेको र हस्ताक्षर सहितको निर्णय राष्ट्रपति कारर्यालय पठाउने गरी बालकोट मै गृहकार्य भएको छ। यो सँगै निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार