विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दोस्रो वरीयतामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातमै प्रदेश १ का मुख्यमन्त्री बनेका छन् ।

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् । उनलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जनाको समर्थन छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार