काठमाडौं, १८ कात्तिक । सरकारले नयाँ प्रविधिको सवारी इम्बोस्ड नम्बर प्लेटमा प्रदेशकै नाम राख्ने निर्णय गरेको छ ।
आगामी सोमबारबाट प्रदेशकै संरचनाअनुसार सवारीमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्न प्रक्रिया सुरु गरिने सरकारको तयारी छ । यातायात व्यवस्था विभागले कात्तिक २० गतेबाट इम्बोस्ड प्लेटका लागि स्वेच्छिक अनलाइन आवेदन खुला गर्न लागेको छ ।
मन्त्रिपरिषदले अञ्चलका आधारमा प्लेट वितरण गर्ने व्यवस्थामा संशोधन गर्दै प्रदेशका आधारमा इम्बोस्ड प्लेटको वितरण गर्ने निर्णय गरेको छ । त्यसैअनुसार सोमबारबाट एकान्तकुनास्थित साना ठूला सवारी कार्यालयमार्फत इम्बोस्डको प्लेटको वितरण सबै सवारीका लागि खुला गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।
अब वितरण हुन लागेको इम्बोस्डमा बागमतीको ठाउँमा ‘स्टेट–३’ उल्लेख गरिनेछ । अन्य ठाउँमा वितरण थाल्दा पनि सम्बन्धित प्रदेशकै पहिचान नम्बर राखिने भएको छ ।

पहिलो चरणमा तीन पांग्रे, तथा र पांग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन दिन सक्नेछन् । आवेदन भुर्नअघि सवारीका बाँकी करहरु सबै तिर्नुपर्नेछ भने तोकिएको शुल्क बुझाएर रसिद लिनुपर्नेछ ।

टेम्पो लगायतका तीन पांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ । यसैगरी कार, जीप, भ्यान तथा ट्रयाक्टर लगायत चारपांग्रेले ३ हजार २ सय रुपैयाँ शुल्क तोएकिो छ ।

शुल्क बुझाकएको रसिद नम्बरसहित आफ्नो गाडीका सबै विवरण अनलाइनमा भरेर इम्बोस्डका लागि आवेदन गर्न सकिन्छ ।
काठमाडौंमा लागू गरिएपछि विभागले सबै सवारीका लागि अनिवार्य हुने गरी इम्बोस्ड प्लेटलाई बाध्यात्मक गर्ने बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार