काठमाडौं, १८ कात्तिक । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह प्रतिपर्धी रविन्द्र मिश्रमाथि खनिएका छन् ।
शनिबार आयोजित चुनावी कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले मतदान गर्नुअघि चारपटक सोच्न मतदातालाई आग्रह गरेका छन् । आवेगमा आएर मतदान नगर्न आग्रह गर्दै उनले भने, ‘देश हाँक्छु भनेर हिडेका नेताहरुलाई जिताउँदा राम्रो हुन्छ कि विदेशमा बसेर डलर कमाएर आएकाले म सुधार गर्छु रे । के सुधार गर्नुहुन्छ ?’ मिश्रप्रति लक्षित गर्दै उनाले आफू लोकतन्त्रका लागि लडिरहँदा राजतन्त्रको पक्षमा कमल चोप्नेहरु अहिले क्रान्तिकारी उम्मेदवार बनेको आएको बताए । उनले अघि भने, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाट बाहिर आउँदिन भन्नेको छोरा र तपाईहरुलाई रैतिबाट जनता बनाउन पिताको छोरा उम्मेदवार छ ।’ उनले वाम गठबन्धनको पनि आलोचना गरे ।

पूर्वपत्रकार समेत रहेका मिश्र विवेकशील साझा पार्टीका उम्मेदवार हुन् भने एमाले र माओवादी गठबन्धनबाट अनिल शर्मा चुनावी मैदानमा छन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार