काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ ।

आजै मनोनयन दर्ता गर्नुपर्ने भएपछि सत्ता साझेदार दल र एमालेले उम्मेदवार तय गर्न बैठक बोलाएका छन् । उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँचरपाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार