पोखरा । कास्की प्रहरीले एक नाबालिग छात्रालाई दुर्व्यवहार गरेको आरोपमा बालकलाई नियन्त्रणमा लिएको छ । आरोपी बालक ‘पिडित’ छात्राका आफन्त हुन् ।

१४ वर्षकी छात्राले मामाको छोरा (भाइ) बाट दुर्व्यवहार भएको भन्दै टिकटकमा भिडियो पोस्ट गरेकी थिइन् । उनको भिडियो केही दिनदेखि भाइरल भइरहेको छ ।बालिकाले प्रहरीमा जाहेरीसमेत दिएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बालिकाका अभिभावकसँग जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पर्क गरेको गरेको प्रहरीको बुलेटिनमा उल्लेख छ ।

बालकलाई नियन्त्रणमा लिएर आजै बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ । आरोपी नावालिग भएकाले उनीमाथिको कारबाहीको विषयमा अस्पष्टता देखिएको प्रहरी स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार