१९ कात्तिक, रियाद । साउदी अरबले भ्रष्टाचार सम्वन्धी मुद्दा छानबिनको क्रममा ११ जना राजकुमार, ४ जना मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ ।
हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन ।
यद्यपि साउदी ब्रोडकास्टर अल अरेबियाले लेखेको छ- सन् २००९ मा जेद्दाहमा आएको बाढी र सन् २०१२ मा मर्स वायरसको संक्रमण फैलिएको मामलामा नयाँ शिराबाट जाँच शुरु गरिएको छ ।
भ्रष्टाचार नियन्त्रण सम्वन्धी नयाँ कमिटी गठन भएको चार घण्टापछि नै उनीहरुलाई पक्राउ गरिएको हो ।
साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले भनेको छ यस कमिटीको अध्यक्षता क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेका छन् र उनलाई पक्राउ वारेन्ट जारी गर्ने वा यात्रामा प्रतिवन्ध लागाउने अधिकार छ ।
यसका साथै साउदी नेशनल गार्ड र नौसेना प्रमुख पनि परिवर्तन गरिएको छ । एसपीएका अनुसार किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडिमिरल अब्दुल्लाह बिन मोहम्मद अल सुल्तानलाई बर्खास्त गरेका छन् ।
उनलाई हटाउनुको कारण भने आधिकारिक रुपमासार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




