काठमाडौं। गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक गरेको ‘सकम्बरी’ गीतको चर्चासँगै आलोचना पनि सुरु भएको छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ । सामाजिक सञ्जाल टिकटकमा गीत प्रयोग गरेर भिडियो बनाउने पनि थुप्रै छन् ।
गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई कसरी मानिसहरूले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्यदिन्छन् भन्ने देखाइएको छ । भिडियो पनि गायक सपुतले नै गरेका हुन् ।
भिडियोको प्रशंसासँगै आलोचना पनि सुरु भएको छ । गीतले महिलाको भावनामाथि खेलबाड गरेको आरोप लगाइएको छ । कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । वकिल तथा लेखक दुर्गा कार्कीले आफूले प्रकाश सपुतको गीत पुरै हेर्न नसकेको भन्दै आलोचना गरेकी छन् ।
त्यस्तै सुस्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपुतले गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् ।
गायक प्रकाश सपुतको गीत आलोचनामा परेको यो पहिलो होइन । यस अगाडि पनि उनले सार्वजनिक गरेको ‘पीर’ बोलको गीत आलोचनामा परेको थियो । गीतमा उनले एक पूर्व महिला छापामारले काठमाडौँमा जीवन जिउनका लागि देह व्यापार गर्नुपरेको दृश्य समावेश गरेका थिए । जसको चर्को विरोधपछि गीतबाट उक्त दृश्य हटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




