धनगढी । कञ्चनपुरमा घाँस काटिरहेको एक महिलालाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले आक्रमण गरेको र बेपत्ता बनाएको तथा उनीसँगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाएका छन् ।

बाघले आक्रमण गरेर बेपत्ता बनाएकी महिलाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी र स्थानीयबासिन्दा खटिएका छन् । डीएसपी डाँगीका अनुसार ड्रोनको प्रयोग गरेर हेर्दा बाघ खप्टिनाला क्षेत्रमै देखिएको छ ।

बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली मगाइएको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाइ फायर समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार