काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको छ ।
कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएका विवरणबाट देखिन गएको हो । प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ । जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको छ ।
हाल प्रहरी महानिरीक्षक रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो । गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो ।
त्यही दिन जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घन्टामै गृह मन्त्रालयको दबाबमा छाडेको खुलेको छ । उनीहरुलाई छाडेर कार्यालयको अभिलेखबाट समेत सबै विवरण मेटाएको भेटिएको छ ।
स्रोतका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डे समेत मुछिएपछि उनले यो प्रकरणको अनुसन्धान गरिरहेको पिलरबाट फाइल नै आफ्नो कार्यकक्षमा झिकाएका थिए । त्यसपछि लामो समयसम्म अनुसन्धान प्रतिवेदन घर्रामा थन्काएको अधिकृतहरु बताउँछन् ।
एसएसपीका रुपमा १३ औं नम्बर वरियतामा रहेका कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमै रहँदा १ नम्बरमा उक्लिएका थिए । त्यसबेला वरियतामा उनी स्वात्तै अगाडि आउनु पछाडि हाल पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हात रहेको अधिकृतहरु बताउँछन् । यसकै गुन तिर्न उनले महत्वपूर्ण सूचनाहरु उनीसम्म चुहाएको गृह मन्त्रालय स्रोतको पनि दाबी छ ।
पछि कुँवर एक नम्बर एआईजी हुँदै १० चैत २०७९ मा महानिरीक्षक नियुक्त भए । उनलाई आईजीपी बनाउन कांग्रेस नेताहरुले त्यसबेला धुम्बाराहीस्थित देउवा निवासमा धर्ना नै दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




