काठमाडौं । श्रीच्छा प्रधान मिस नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् ।

त्यस्तै, प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र नैना बजगाईंले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सह विधाका विजेता समेत घोषणा गरिएको थियो । उनलाई पूर्व मिस नेपाल प्रियंका जोशी रानाले रानाले ताज पहिर्‍याइ दिएकी छन् ।

२३ बर्षिय प्रधान वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन् । काठमाडौँकी स्थायीवासी उनले मिस डिएच आइ र फेस अफ द इयरको सहविद्याको अवार्ड पनि हात पारिन् । उनलाई अन्तिम चरणमा महिला उद्यमशिलाको विषय छनोट गरेकी थिइन् । उनले आफैले पनि दुइ हजार १९ मा दीघो प्रणाली नामक प्रोजेक्ट सुरु गरेको बताइकी थिइन् ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार