काठमाडौं । यौन मनोविज्ञानमा आधारित भएर निर्माण भएको फिल्म परस्त्रीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्र चपली हाइट कै निर्देशक दीपेन्द्र के.खनालले फिल्ममा यौन मनोविज्ञानको कथालाई प्रस्तुत गरेका छन् । बिहीबार सार्वजनिक ट्रेलरमा यौन, अपराध र धोका केन्द्रमा छ ।
अभिनेत्री शिल्पा मास्के रेडियोमा कार्यक्रम चलाउँछिन् । उनलाई श्रीमान् कोशिश क्षेत्रीले सधैं शंका गर्छन् । एक दिन जिमखानामा उनको भेट गौरव विष्टसँग हुन्छ । विस्तारै उनीहरु एकअर्कासँग नजिक हुन्छन् र शारीरिक सम्बन्ध स्थापित हुन्छ । उता कोशिशको पनि परस्त्रीसँग अनैतिक सम्बन्ध छ । अनैतिक सम्बन्धका कारण सिर्जित हिंसात्मक घटनालाई ट्रेलरमा प्रस्तुत गर्न खोजिएको छ ।
ट्रेलरमा शिल्पाका केही ‘बोल्ड सिन’ छन्, जसले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ । ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्ममा निर्वाह गरेको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको बताइन् । ‘म फरक भूमिका निर्वाह गर्न रुचाउँछु । तर, यो फिल्मको भूमिका एकदमै चुनौतीपूर्ण थियो । स्क्रिप्ट पढेपछि काम गर्न सक्छु र भन्ने समेत लागेको थियो । यद्यपि, प्रयास गरेको छु,’ शिल्पा सुनिइन् ।
आगामी असार १५ गतेदेखि नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनकी आमा शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । दीपेन्द्रको लेखन रहेको फिल्ममा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ । फिल्मका छायाँकार निरज पाण्डे हुन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




