प्युठान । प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाकै मृत्यु भएको छ। गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए।
मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं५ का तारा कुमालको मात्रै पहिचान भएको बताए।
उनका अनुसार स्वर्गद्वारी मन्दिरको दर्शनका लागि उक्त कार दाङबाट गएको भन्ने सूचना आएको जानकारी दिए। स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो।
प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो। कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको थियो । ‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिन पुगेको थियो ।
तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




