काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले भावनालाई सो कैद र क्षतिपूर्तिसहित १५ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । त्यसैगरी भावनालो झुक्यानमा पारी आफ्नो नाममा पास गरेकी जग्गा पनि फिर्ता हुने फैसला सुनाइएको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले गत साउन १७ गते ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावनालाई दोषी ठहर गर्ने फैसला सुनाएका थिए । सोही इजलासले फुर्वा मोक्तानले हालेको विवाह बदर र भावना तामाङले हालेको वैवाहिक बलात्कारको मुद्दामा भने सफाइ दिएको थियो ।
विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिएकी भावना तामाङविरुद्ध फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
भक्तपुर जिल्ला अदालतले सुरुमा ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसपछि जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।
आफू थुनाबाट बाहिर निस्कन नपाएपछि भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दासमेत दायर गरेकी थिइन् । यद्यपि सो मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभका सम्बन्धमा उल्लेख गरिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख छ । त्यसै गरी सोही ऐनको दफा २५४ मा ठगी गर्ने व्यक्तिले पीडितलाई बिगो बराबरको रकम असुल गरी पीडितलाई भराइदिनुपर्ने व्यवस्था गरिएको छ ।
साउन १७ गते अन्तिम फैसलामा ठगी तथा आपराधिक विश्वासघातमा दोषी ठहर गरिएकी भावना तामाङलाई कसुर निर्धारण गर्ने प्रयोजनका लागि साउन २८ गते आइतबारको पेसी तोकिएको थियो ।
आइतबारको पेसीमा भावनालाई १५ महिना १५ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तथा पीडित फुर्वा मोक्तानलाई सुनसहित कुल ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनाइएको सूचना अधिकारी हो । फुर्वाले भने आफूलाई झुक्यानमा पारी विवाह गरी १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




