काठमाडौं । अभिनेत्री दीपा पुनलाई पर्वतारोहणमा फेरि अर्को सफलता मिलेको छ । बेलायतमा बस्दै आएकी यी अभिनेत्रीले यतिबेला अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण सम्पन्न गरेकी छन् । नेपालको समयअनुसार आफुले आइतबार बिहान साढे ७ बजे सो पर्वतको चुचुरोमा पुगेको उनले जनाएकी छन् ।
अफ्रिकाको यो पर्वतको उचाइ ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) रहेको छ । त्यहाँ पुगेर आफुले किलिमन्जारोको शिखरमा नेपालको झन्डा फहराउन सफल भएको उनले जनाएकी छन् । आफ्नो पछिल्लो चलचित्रसँगै उनी पर्वत आरोहणमा व्यस्त रहने गरेकी छन् ।
गत महिना आफ्नो चलचित्र अन्तिम संस्कारको रिलिजका लागि नेपाल आएकी उनी सो चलचित्रको प्रदर्शन सकेर किलिमन्जारो आरोहणको अभ्यासमा जुटेकी थिइन् । फिल्मको रिलिजपछि बेलायत फर्केर त्यतैबाट अफ्रिका पुगेर सो पर्वतको आरोहण उनले गरेकी हुन् ।
अभिनेत्री दिया पुनले सगरमाथाको सफल आरोहण पनि अन्य शिखरको आरोहण सुरु गरेकी हुन् । उनले गत वर्षको जेठमा सर्वोच्च हिमाल सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । आपूmले पर्वत आरोहणको यात्रा मनास्लुबाट सुरु गरेको पनि उनले बताएकी छन् ।
सगरमाथा आरोहण गर्नुअघि अभिनेत्री दियाले विश्वकै आठौं अग्लो पर्वत मनास्लु हिमाल ९८ हजार १ सय ६३ मिटर०को सफल आरोहण गरेकी थिइन् । त्यसपछि आपूm सगरमाथा चढ्न सफल भएको पनि उनले बताएकी छन् । मनास्लु र सगरमाथापछि अर्जेन्टिनास्थित ६ हजार ९ सय ६१ मिटर अग्लो हिमाल अकोनकागुवाको सफल आरोहण गरेकी यी अभिनेत्रीको किलिमन्जारो चौथो पर्वत आरोहण हो ।
यसपटक पनि पर्वतारोहणमा सफलता हासिल गरेकोमा उनले खुसी व्यक्त गरेकी छन् । पेसा र नर्स र अभिनेत्री रहेकी दियाले चलचित्र ‘वीर विक्रम’बाट नायिकाका रूपमा अभिनय यात्रा सुरु गरेकी थिइन् । उनको अर्को चलचित्र ‘दयारानी’ पनि चाँडै प्रदर्शन हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




