पोखरा । पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ ।
डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् । बिरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोसन भट्टराईले गरेका हुन् ।
गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गरेका छन् भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय रहेको व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो भएकाले त्यसबिरुद्ध जागरुक बनाउन गीतमार्फत सन्देश दिने उद्देश्यले गीत बनाएको बताए । ‘भ्रष्टाचार मुक्त समाज बनाउने । भ्रष्टाचार गर्नेलाईपनि अबदेखि भ्रष्टाचार गर्न हुन्न भन्ने बनाउने सन्देश दिनू गीतको मूल उद्देश्य हो’–उनले भने । गीतका परिकल्पनाकार बिरेन्द्र पुनले भ्रष्टाचारले युवा देशमा बस्न सक्ने स्थिति नरहेकाले त्यसबिरुद्ध जनमत बनाउने आफूहरुको उद्देश्य रहेको बताए ।
शुरुमा हामीले ‘जनताको समस्या’ गीतमार्फत जनताको समस्याहरु उजागर ग¥यौं,उनले भने,‘त्यसपछि ‘नेताज्यू नमस्कार’ गीतमार्फत हामीले समस्या समाधानका लागि सरकार र नेताहरुलाई आग्रह ग¥यौं । तर समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै गएकाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर भ्रष्टाचार नगर्न खबरदारी गरेका हौं ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




