काठमाडौं । रुस युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाकोतर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।

वडाध्यक्ष कुँवरका अनुसार हरिको २८ डिसेम्बर (१२ पुस) मा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस पुगेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार