काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यताका लागि आवेदन नै नदिएका व्यक्तिलाई सदस्यता प्राप्त गरेको इमेल पठाएको छ । कांग्रेसका महासमिति सदस्य तथा एनआरएनएका उपाध्यक्ष नारायण आचार्यले फेसबुकमार्फत रास्वपाले आफूलाई सदस्य भएको भनेर पठाएको इमेलबारे जानकारी गराएका छन् ।

‘आज अचानक मेरो प्राईभेट इमेलमा राष्ट्रिय स्वतन्त्र पार्टीको नो रिप्लाई इमेल आयो, त्यहाँ मेरो पूरा नाम थरसहित तपाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बन्नु भयो । साथै तपाईको सदस्यता शुल्क पनि प्राप्त भयो भनेर लेखिएको छ,’ उनले लेखेका छन् ।

‘म अचम्मित भएँ मेरो ईमेल कसैले दुरुपयोग गर्यो या सुनियोजित रूपमा पार्टीको सदस्यहरु यति धेरै छन् भनेर देखाउन जस्को ईमेल पायो उसको नाममा सदस्यता दर्ता गरिदिने काम भइरहेको छ । भोलि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि ईमेल लेखर जानकारी माग्ने बिचारमा छु’ आचार्यले लेखेका छन् ।

नेपाली कांग्रेसको नेदरल्याण्ड जनसम्पर्क समितिका पूर्वसभापति आचार्य शंकरदेव क्याम्पसको पूर्व स्ववियु सभापति समेत हुन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार