एजेन्सी । केही महिनाअघि दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बन्यो । यस मामिलामा प्रहरीले दोषी व्यक्तिलाई समातेको छ । दिल्ली प्रहरीले रश्मिकाका डिपफेक भिडियो बनाउने व्यक्तिलाई पक्राउ गरेको बताएको छ ।

जानकारीका अनुसार आरोपी २३–२४ वर्षका पुरुष हुन् । नोभेम्बरमा रश्मिकाको मामिलामा प्रहरीले छानबिन सुरु गरेको थियो । रश्मिकाको भिडियो पछि आलिया भट्ट, काजोल, कट्रिना कैफ र पूर्व क्रिकेटर सचिन तेन्दुलकरसमेत कयौँ चर्चित हस्तीको डिपफेक भिडियो भाइरल भएको थियो ।

आरोपीलाई आन्द्र प्रदेशबाट पक्राउ गरिएको छ । गएको वर्ष नोभेम्बर ६ मा सामाजिक सञ्जालमा रश्मिका जस्तै देखिने एक युवतीको भिडियो भाइरल बन्यो । पछि सो भिडियो डिपफेक प्रविधिले बनाएको र भिडियोमा देखिएकी युवति रश्मिका नभएर बेलायती इन्फ्लुएन्सर जारा पटेलको शरीरमा रश्मिकाको अनुहार जोडिएको थियो । ‘एनिमल’ अभिनेत्री रश्मिकाले आफ्नो नक्कली भिडियो भाइरल बनेपछि प्रविधिको गलत प्रयोगबारे चिन्ता व्यक्त गरेकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार