सोलुखुम्बु, वैशाख ६ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यसवर्ष सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मंगलबारसम्ममा सगरमाथा आरोहणका लागि ३ सय ६५ जनाले आरोहण अनुमति लिएको जानकारी गराए ।
यो अहिलेसम्मकै बढी भएको र गतवर्ष कुल ३४ समूहका २ सय ८९ जनाले आरोहणको अनुमति लिएका थिए । आरोही काठमाडौँबाट लुक्लासम्म हवाईजहाजमा तथा त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ जाने गर्दछन् । केही आरोही दोलखाको जिरीहुँदै पैदल तथा सल्लेरीसम्म सडकमार्गबाट भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार