बैतडी, ८ वैशाख । बैतडीकोे डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि सहोदर दाजुभाइ कर्णबहादुर राना र लोकेन्द्रबहादुर राना चुनावी मैदानमा उत्रिने भएका छन् ।

कर्णबहादुर नेपाली काँग्रेस र लोकेन्द्रबहादुर नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिने भएका हुन् । ‘हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट अध्यक्ष पदको उम्मेदवार बनेका छौँ ।’ कर्णबहादुर रानाले भने, ‘भाइ नाता पारिवारिक नाता हो । हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट उम्मेदवार बनेका हौं ।’ आफू १४ वर्षको उमेरदेखि नै माओवादीमा लागेको र अहिले गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेको लोकेन्द्रबहादुर रानाले बताए । माओवादीले उठाएको संघियताको मुद्दा कार्यान्वयनमा ल्याउनका लागि मेरो उम्मेदवारी दिएको र मेरो दाजुसँग पारिवारिक नाता भएपनि विचार फरक भएकाले अलग अलग दलबाट उम्मेदवारी दिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार