साइतामा रोयल्स क्रिकेट क्लबले जापान कप २०२५ (डिभिजन–३) को उपाधि जित्दै आफ्नो क्रिकेट इतिहासमा ऐतिहासिक सफलता हात पारेको छ।
आइतबार तोचुगी प्रान्तको सानो स्थित रहेको सानो क्रिकेट ग्राउण्ड-४ मा सम्पन्न फाइनल खेलमा साइतामा रोयल्सले एभेरेष्ट क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
सिजनभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको रोयल्सले फाइनलमा झनै प्रभावशाली खेल प्रस्तुत गर्यो। बलिङ, फिल्डिङ र ब्याटिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गरेको टोलीले सहज रूपमा उपाधि उचालेको हो।
९६ रनको लक्ष्य पछ्याउँदै साइतामा रोयल्सले १ विकेट मात्र गुमाउँदै ७ ओभरमै जित हात पार्यो। सह–कप्तान बिकाश खड्काब्याटिङमा निरन्तर उत्कृष्टता देखाउँदै प्रतियोगिताको सर्वश्रेष्ठ ब्याट्सम्यान घोषित भए।
टोलीका कप्तान गोकुल कुँवर, सह–कप्तान बिकाश खड्का, सिद्धार्थ खड्का, दीपक सुनार, खेमराज बोगटी, मोहित थागुन्ना, एम उमेर, लकी तिवारी, सञ्जय रावत, मलिक उस्मान, केसी कृष्णा र बसन्त दाहाल फाइनल खेलमा उपस्थित थिए र सबैले टोलीको जितमा सक्रिय योगदान गरेका थिए।
खेलपछि क्लबका सदस्यहरूले यो जित केवल उपाधिमात्र होइन, हाम्रो महिनौंको मिहिनेत, एकता र समर्पणकोप्रतिफल हो भनी प्रतिक्रिया दिएका थिए ।
साइतामा रोयल्स क्लबलाई साइतामामा रहेको टोटल सेवाले मुख्य प्रायोजन गर्दै आएको छ। यस उपाधिसँगै क्लब अब डिभिजन–२ को यात्रातर्फ अघि बढ्ने तयारीमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




