२१ अप्रिल टोक्यो । मुलुकमा स्थानीय निकायको चुनावमा सबै राजनैतिक दल आ-आफ्नो पक्षमा नतीजा पार्न लागि परेको समयमा जापान रहेका राजनैतिक दलहरुले भने एकता देखाउने भएका छन् । उनिहरुले यहि आईतबार टोक्योमा सामूहिक चियापान सहित ११ औँ लोकतन्त्र दिवस मनाउने निर्णय गरेर एकता देखाएका हुन् ।
अाफुहरुमा,आस्थागतरुपमा बिभिन्न विचार भएपनि प्रवासमा बस्दा एकताको सन्देश जानेगरी सबै दलका प्रतिनिधिहरुले संयुक्त भएर शुभकामना सहित चियापान कार्यकम तय गरिएको कॉंग्रेस निकट जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष पुष्कार जंग थापाले जानकारी दिए ।
शुक्रवार बसेको संयुक्त बैठकले जापानमा क्रियाशील सबै संघ – संस्थाहरुलाई कार्यक्रममा सहभागिका लागि अनुरोध गरेको छ । नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाली जनप्रगतिसिल मंच, प्रवासी नेपाली संगठन, नेपाली एकता समाज,नेपाली जनप्रगतिसिल समाज, अन्तर्राष्ट्रि नेपाली समाज जापान संयुक्तरुपमा आयोजक रहने एमाले सम्बद्द , प्रवासी नेपाली मंचका कार्यवाहक अध्यक्ष बाबुराम भडारीले बताए ।
कार्यक्रममा, देशको राजनैतिक परिवर्तन र आम नागरिकको स्वतन्तत्रको लागि, आपनो जिवन आहुति दिने शहीदहरु प्रति श्रद्धांजलि दिदैँ,नेपालको सम्बृद्दि तथा दिगो विकासकालागि प्रवासी संगठन एकताको बारेमा चर्चा गरिने बताईएको छ । सँधै आ-आफ्नै डम्फु बजाउन व्यस्थ दलहरुको यो एकतालाई,जापानीवासी नेपालीहरुले एक सकारात्मक क़दम भनेका छन् ।
।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




