काठमाडौं, वैशाख ९ । दुईवर्ष अघि आएको विनाशकारी महाभूकम्पलगत्तै दाताहरूले करिब चार खर्ब रुपैयाँबराबर सहयोगको प्रतिबद्धता जनाएका थिए । यसले पुनर्निर्माणमा ठूलै भरथेग हुन्थ्यो । तर, त्यस अनुपातमा केही काम भएको देखिँदैन । त्यसो भए कहाँ गयो त त्यत्रो सहयोग ? यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
‘हामीले खर्च गर्न जानेनौं’, दाताहरूको अन्तर्राष्ट्रिय सम्मेलन संयोजन गरेका तत्कालीन अर्थमन्त्री रामशरण महत भन्छन्, ‘जुन तबरले आयोग बनाउने तयारी थियो, फरक तबरले सरकार अघि बढ्यो। अनि काममा सुस्तता आयो। सहयोगको उपयोगिता देखिएन ।’ पुनर्निर्माणका नाममा गैरसरकारी क्षेत्रबाट पनि बेहिसाब रकम भित्रिएको छ । त्यसको पनि उपयोगिता ठोस रूपमा देखिएको छैन । पूर्वमन्त्री महतको मूल्यांकनमा दातृ निकायको सहयोग परिचालनसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम पनि अनुगमन गर्न नसकेको हो । ‘घोषणा धेरै भए । कामचाहिँ अघि बढ्न सकेन। यसको निष्कर्ष यही हो, अब गति दिन सक्नुपर्छ’, उनले भने ।
२०७२ असार १० गते ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदा सहयोगको प्रतिबद्धता मिलेको थियो । त्यही मेसोमा सरकारले पुनर्निर्माणलाई गति दिने भनेको थियो । तर, दुई वर्ष बित्दासमेत पुनर्निर्माणको कुरै छाडौं, भूकम्पपीडितको हालत झन् दयनीय भएको छ । पुनर्निर्माणका लागि अनुमानित खर्चको करिब आधा रकम दाताबाट आउने भएपछि तदारुकताका साथ लाग्नुको साटो स्रोतको उपयोग कसले गर्ने भन्ने खिचातानी सुरु भयो । ठूलो रकम ‘चलाउन’ पाइने भएकै कारण दलहरूको ध्यान त्यता केन्द्रित भएको विज्ञहरू बताउँछन् । जनशक्ति पचिालनमा मजोरी, सामग्री अभावलगायतमा समस्या पुनर्निर्माणमा देखिएको महतले बताए । नजिकबाट देखेका अरु विज्ञहरू यसलाई अति राजनीतिकरण ठान्छन् । ‘पुनर्निर्माण प्राधिकरणको संचनागत जरो बलियो नभए पनि केही सकारात्मक कामहरू नभएका होइनन्’, प्राधिकरणमा आरम्भदेखि काम गरेर हाल युवा मन्त्रालयमा रहेका राम थपलियाले भने, ‘स्रोत परिचालन गर्ने ढंग पुर्याएर अघि बढ्ने हो भने अझै ढिलो हुने देख्दिन।’ प्राधिकरणका प्रवक्ता रहिसेकेका उनी विदेशी निकायको समन्वय गर्थे। दाताहरूको आफ्नै खालको चासोले पनि काममा ढिलाइ भएको हुनसक्ने उनको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




