काठमाडौं । गएको शनिबार मुस्ताङको कागबेनीमा भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्पष्टिकरण माग गरेको छ ।
पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधार सहित स्पष्टीकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ । संविधानको धारा ३५ उपधारा १ मा प्रत्येक नागरिकलाई अकस्मिक स्वास्थ्य सेवाबाट बन्चीत गरिने छैन भन्ने संवैधानिक व्यवस्था विपरित त्यहाँका चिकित्सकहरुले घाईतेहरुलाई आकस्मीक सेवा नदिएकाले स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अत्यावश्यक सेवा संचालन ऐन २०१४ बमोजिम स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउमा बन्द हडताल गर्न नपाईने भएकाले उनीहरुले कानुनको उल्लघन गरेको पनि मन्त्रालयको ठहर छ ।
संवैधानिक तथा कानुनी दायित्व उल्लघन गरेकाले त्यस संस्थालाई प्रचलिन कानुन बमोजिम किन खारेजी सम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले मणीपाल शिक्षण अस्पताललाई स्पष्टीकरण पत्र पठाएको छ ।
मन्त्रालयले घटनाको छानविन गर्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति पनि बनाएको छ । समितिको समस्यहरुमा विर अस्पतालका डा. ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा रहेका छन् । समितिलाई तिन दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । शिक्षण अस्पताल शिक्षा मन्त्रालय मातहतमा पर्ने भएपनि शिक्षण अस्पतालले जनस्वास्थ्यमा खेलवाड गरेकाले स्वास्थ्य मन्त्रालयले अग्रसरता लिनु परेको मन्त्रालयले स्पष्ट पारेको छ । यस घटनालाई मन्त्रालयले गंभिरतापुर्वक लिएको र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन संवन्धीत पक्षलाई सतर्क गराईने पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




