भक्तपुर, मंसिर १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार यसवर्ष ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कुल परिक्षार्थी भने १ लाख १ हजार ३ सय ७५ रहेको परीक्षा बोर्डले जनाएको छ । यो ३५.५८ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्त नबुझ्ने विद्यार्थीले रु ५ सय तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बोर्डले बताएको छ ।
गत बर्ष कक्षा ११ को आंशिक परिक्षामा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए ।
परीक्षा भएको ६ महिना सम्म पनि कक्षा ११ को नतिजा सार्वजनिक गर्न नसकेको भनेर आलोचना भईरहेका बेला बोर्डले आंशिकको नतिजा सार्वजनिक गरेर अपजस मेटाउने कोशिस गरेको हो ।
स्रोतका अनुसार नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक हुने बताइएको छ । परीक्षामा कार्यरत कर्मचारीलाई समेत चुनावमा खटाएपछि नतिजा सार्वजनिक गर्ने काममा प्रभाव परेको हो ।
स्थानीय तहको निर्वाचनका कारण परिक्षाको मिति पटक पटक सरेको कारण असार १ गतेदेखि ११ को परिक्षा भएको थियो । परिक्षामा देशभरबाट ४ लाख ४९ हजार ५४ जना विद्यार्थीले फारम भरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




