काठमाडौँ, १९ मंसिर । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ ।
जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ ।
करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा राख्ने कामलाई निरन्तर अघि बढाएको छ ।
स्थानीय सरकारले यसरी काम गरिरहँदा केन्द्र सरकारले सहयोग नगरेको आरोप पनि स्थानीय सरकारले केन्द्र सरकारलाई लगाएको छ ।
स्थानीय सरकारले हरेक विकास निर्माणको काम गर्दा स्थानीय सरकारलाई पूर्व जानकारी र सम्पन्न गर्ने कार्ययोजनासहित दिनुपर्ने करिब एक महिना अघि प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले निर्णय गरिसकेको छ ।
नेपाल सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नै नगरी आफुखुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म मर्मत नगर्ने प्रवृति रहेको भन्दै कामपाले गत १४ गते विज्ञप्ति जारी गरी आगामी दिनमा कामपासँग समन्वय गरेर मात्र काम गर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
केही समय अघिमात्र कामपाले निर्माण गरेको भोटाहीटीदेखि जमलसम्मको फुटपाथ निर्माण गरिसकेको भएपनि नेपाल खानेपानी विकास समितिले मेलम्ची खानेपानी ल्याउने नाममा भत्काएको बताउँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘यसरी भत्काएको सडक सम्बन्धित निकायले नै निर्माण गर्नुपर्छ ।’
शाक्यका अनुसार अहिले मात्र कामपाले रु डेढ अर्बको सडक निर्माण कार्य गरिरहेको छ । सडक निर्माणअन्तर्गत अहिले ३२ वटै वडामा काम भइरहेको छ ।
नियमानुसार ८ मिटर सम्मको सडक निर्माण गर्ने जिम्मा मात्र कामपाको हुन्छ भने आठ मिटरभन्दा माथिको सडक निर्माणको काम केन्द्र सरकारले गर्नुपर्ने रहेको छ । निर्वाचनका समयमा जनताका सामु गरेका प्रतिबद्धता क्रमिक रुपमा पूरा गरिने उनले बताए ।
कामपाका क्षेत्रमा भएको जस्तोसुकै राम्रा नराम्रा कामको जनतालाई जवफदेहिता कामपाले दिनुपर्ने तर निर्माणको काममा केन्द्र सरकारसँग समन्वय नहुँदा समस्या भोग्नु परेको सहप्रवक्ता नवराज ढकालको गुनासो छ ।
कामपाले गरिरहेका काम
एकहप्ता अघिदेखि कामपाले सडकको धुलो ब्रुमरको माध्यमबाट उठाउने काम गरिरहेको छ । टुँडीखेल, रत्नपार्क र जमल क्षेत्रमा धुलो उठाउने काम सकिइसकेको छ भने पुतलीसडक क्षेत्रको काम आज भइरहेको छ । सफा गर्ने क्रममा कामपाले धुलो मात्रै दैनिक पाँच टन सङ्कलन गर्ने गरेको छ ।
त्यसैगरी, शहरलाई हरियाली बनाउने काम पनि कामपाले गरिरहेको छ । जमल, रत्नपार्क, न्युरोड, सुनधारालगायत स्थानमा वोटविरुवा रोपीसकेको छ भने अन्य केही स्थानमा निर्वाचन पछि रोपिने प्रवक्ता ढकालको भनाई छ ।
केन्द्र सरकारले शुरु गरेका कलङ्की–त्रिपुरेश्वर र चावहील–बौद्ध सडक विस्तारको काम अत्यन्तै सुस्त गतिमा भएपनि कामपाका ३२ वटै वडामा कामपाको क्षेत्राधिकारभित्र पर्ने खाल्डाखुल्डी पुर्ने काम पनि गरिरहेको छ ।
ढकालले भने, अब कामपाले विकासको कामलाई अभियानको रुपमा लिएको छ, क्रमिकरुपमा जनताले महसुस गर्ने गरी काम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




