फुकुओ, ११ बैशाख । जापानमा रहेका एक दर्जन लायन्स क्लबहरुले आयोजना गरेको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
फुकुओका सरसफाई कार्यक्रममा जापानमा रहेका नेपालीहरुको पहिलो लायन्स क्लब नेपाल जापान फेन्डसिप लायन्स क्लबको पनि सक्रिय सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम फुकुओकाको बिभिन्न क्षेत्रका सड़क पेटीमा छरिएर रहेका फोहोर संकलन, जथाभावी भित्ता, पोलहरुमा पोतिएका रंग मेटाउने कार्य गरिएको थियो । सरसफाई कार्यक्रममा आफ्नो देशमा बिदेशी नागरिकहरुले यसरी सहभागिता जनाएको भन्दै जापानिज लायन्स कल्बहरुले नेपाल जापान फेन्डसीप लायन्स क्लबको प्रशंसा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार