बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्र्तक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका राजनीतिक दललाई अहिले नयाँ चुनाव चिह्न दिन नसकिने बताए । ‘अब छाता चुनाव चिह्न पाउने कुनै सम्भावना छैन ।’ प्रमुख निर्वाचन आयुक्त यादवले पहिलेकै चुनाव चिह्नलाई मिलाएर ल्याउन मधेस केन्द्रित दललाई आग्रह गर्दै वैशाख ३१ गतेको निर्वाचन हुनेमा शकां नगर्न सबैलाई अनुरोध गरे ।
उनले जेठ १५ गते बजेट ल्याउन निर्वाचन आयोगको परामर्श आवश्यक भएकामा जोड दिँदै बजेटबाट दोस्रो चरणको निर्वाचन प्रभावित नहुने बताए । नेपाली काँग्रेस, काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दुर्गम क्षेत्रमा विविध कारणवश अझै पनि मतदान गर्ने अवसरबाट मतदाता वञ्चित भएको बताउनुभयो । नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले दोस्रो चरणको निर्वाचन नै आचारसंहिता विपरीत भएको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार