जुम्ला, २८ मंसिर । जुम्लाको सिंजा क्षेत्रकी एक स्थानीय एकल महिलाले प्रहरी चौकी गुठिज्यूलालाई रु २२ लाख बराबरको जग्गादान गरेकी छिन् ।
कनकासुन्दरी गाउँपालिका–५ का स्थायी निवासी देवीकन्या उपाध्यायले आफ्ना स्वर्गीय पति लक्ष्मीनारायण उपाध्यायको सम्झनामा जग्गादान गरेकी हुन् ।
नाग्म–मुगु–गमगढी राजमार्गसँग जोडिएको ६४५ वर्ग्मिटर क्षेत्रफलको जग्गा तीनै छोराको सहमतिमा प्रहरी चौकीलाई निःशुल्क प्रदान गरिएको माइला छोरा मच्छिन्द्रप्रसाद उपाध्यायले बताए ।
देवीकन्याले छोरा पृथ्वीनारायण, मच्छिन्द्र र धनन्जय उपाध्यायसहितको सहमतिमा जग्गा उपलब्ध गराएको बताए । छोरा मच्छिन्द्रले बुबाको सम्झना इतिहासका थुप्रै कालखण्डमा रहिरहोस् भनेर बिनास्वार्थ आफूहरुले जग्गादान गरेको यद्यपि स्मृतिस्वरुप सानो सालिक निर्माण गर्न जिल्ला प्रहरी कार्यालय, जुम्लालाई अनुरोध गरिएको पनि बताए ।
लामो समयदेखि भाडाको भरमा काम गर्दै आएको गुठिज्यूला स्थायी प्रहरी चौकीलाई उपाध्याय परिवारले ६४५ वर्गमिटर जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डाक्टर तपनकुमार दाहालले जानकारी दिए ।
उपाध्याय परिवारप्रति कृतज्ञता प्रकट गर्दै प्रनाउ दाहालले भने, ‘उपाध्याय परिवारले दिल खोलेर करिब २२ लाखको जग्गा चौकीलाई निःशुल्क प्रदान गरेको छ, यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’
आफ्नै भवन नहुँदा विभिन्न सास्ती खेप्दै आएको राजमार्ग छेउको यो प्रहरी चौकीको लागि अब भने आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको उनले बताए । उपाध्याय परिवारको यो सहयोगको उच्च कदर गरिने उनको भनाइ छ ।
दर्जनभन्दा बढी प्रहरी चौकी भाडाकै घरमा
इलाका प्रहरी कार्यालय, हाडसिंजा, जुम्लासहित यहाँका १४ वटा प्रहरी चौकी भाडाकै भरमा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
विभिन्न झञ्झटबाट मुक्त हुन अहिले आफ्नै जग्गाका लागि जिप्रका जुम्लाले अभियान थालेको छ । १४ प्रहरी चौकीमध्ये कनकासुन्दरी–५ स्थित गुठिज्यूला प्रहरी चौकीले भवन बनाउने अवसर मिलेको बताएको छ ।
प्रहरी नायब उपरीक्षक डा दाहालका अनुसार गुठीचौर गाउँपालिकाको मणिसाँघु र तातोपानी गाउँपालिकाको ताम्ती प्रहरी चौकीका लागि जग्गाको पहल भइरहेको छ । हाल निःशुल्क जग्गा प्राप्त गरेको गुठिज्यूला प्रहरी चौकी सिंजाको सिरान र रारातालको बेसक्याम्पका रुपमा मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




