काठमाडौं, २ पुस । वाम गठबन्धन डिजाइनका दुई शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले आज दिउसो संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पत्रकार सम्मेलनले नयाँ सरकार गठन प्रक्रियामा विवाद बढिरहेका बेला वाम गठबन्धनले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।
समसामयीक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न दिउँसो तीन बजे अन्नपूर्ण होटलको कुमारी हलमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत् ओली र प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा साथ दिनेहरुप्रति धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसमेत रहेको छ ।

कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादीले बहुमतीय प्रक्रियामा जोड दिएका छन् ।

दलहरुबीच राजनीतिक सहमति नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश स्वीकृत गरेकी छैनन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार