काठमाडौं, २ पुस । बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र)ले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेका छन् ।
दुई दलका शीर्ष नेताहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् । निर्वाचन परिणाम आएपछि आएका रकारका अभिव्यक्ति र कृयाकलाप संविधान, अन्तराष्ट्रिय प्रचलन र विगतका अभ्यास विपरीत भएको भन्दै दुई दलले यसबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध भएको बताएका छन् ।
प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न आग्रह गर्दै एमाले र माओवादीले भनेका छन्, ‘संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आहृवान गर्दछौं ।’
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर गरे । उनले भने, ‘अहिले नै विग्रियो, बाधा गर्यो भन्ने पनि होइन । तर, प्रधानमन्त्रीका अभिव्यक्ति र परामर्शका नाममा भइरहेका गतिविधिलाई हामी हेरिरहेका छौं ।’
माओवादी अध्यक्ष प्रचण्डले एकाध नियुक्ति तथा सरुवा बढुवामा लोभ नगर्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




